सांसद अमरेश सिंहमाथि गृहजिल्लामा गालीगलौज, कारवाही गर्न गृह प्रशासनसँग माग

सांसद अमरेश सिंहमाथि गृहजिल्लामा गालीगलौज, कारवाही गर्न गृह प्रशासनसँग माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहमाथि गृहजिल्ला सर्लाहीको धनकौल गाउंपालिकामा गालीगलौज भएको छ । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सांसद सिंहले गुण्डागर्दी शैलीमा गाडीलाई ओभरटेक गर्दै गालीगलौज र गाडीलाई टक्कर दिने काम गरिएको जनाएका छन् ।

गृहनिवास बलराबाट एयरपोर्टतर्फ जाने क्रममा सुधिर सिंह उर्फ मुन्ना भन्ने व्यक्तिले बा १७ च ९६३२ नम्बरको गाडीमा ५–६ जनाको समूहमा आएर गालीगलौज गरेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘यथाशीघ्र यस्ता अपराधीलाई कानूनी कारवाही गर्न गृह प्रशासनसँग माग गर्दछु ।’

सांसद सिंहमाथि आक्रमण गर्ने सिंह नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहका छोरा हुन् । सुरेन्द्र कांग्रेस नेतृ आरजु राणा देउवा निकट नेता हुन । स्वतन्त्र सांसद सिंहले राणाको सार्वजनिक रुपमा विरोध गर्दै आएका छन् ।