काठमाण्डु – सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारण देखाउन सरकारलाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले आज मंगलबार कारण देखाउ आदेश जारी गरेको छ ।
रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनु नपर्ने हो, त्यसको कारण पेश गर्न सरकारको नाममा आदेश जारी भएको छ ।
गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध १४ जना कानून व्यवसायी सर्वोच्च अदालत पुगेपछि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी भएको छ ।




प्रतिक्रिया