कानून अभावमा मौलिक हक स्थापित हुन सकेन : सभापति देउवा

कानून अभावमा मौलिक हक स्थापित हुन सकेन : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानूनको अभावमा जनताको मौलिक हकअधिकार पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन् ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) नेपालको ३४ औं स्थापना दिवसका अवसरमा आज मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिए पनि कानूनको अभावमा हकअधिकार पूर्ण रूपमा स्थापित हुन नसकेको बताए ।

संविधानमा उल्लेख नागरिकको हकअधिकार स्थापित गर्नका लागि आवश्यक कानून बनाउन सबै गम्भीर हुनुपर्ने धारणा उनले राखेका छन् ।

सभापति देउवाले अहिलेको व्यवस्थामाथि केहीले प्रश्न गर्न थालेको भन्दै सबै मिलेर उचित जवाफ दिनुपर्ने बताए । संविधानको रक्षा र परिवर्तनका साथै व्यवस्थामाथिको भ्रम चिर्न वकिलहरूले पनि आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने उनले बताए ।

उनले समयमा नै फैसला नहुने सर्वोच्चको अवस्थालाई अन्त्य गरी छिटोछरितो फैसला हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । सुशासन र विधिको शासन स्थापित गर्न स्वच्छ, निष्पक्ष न्यायपालिका आवश्यक हुने उनले बताए ।