कुमारी बैंकको ‘गज्जबको बचत’ खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा उपलब्ध

कुमारी बैंकको ‘गज्जबको बचत’ खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा उपलब्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधासहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

न्युनतम मौज्दात १ हजार रुपैयाँ रहेको खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१% प्रदान गर्नेुका साथै २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने छ ।

बीमा योजनामा १६–६५ वर्ष उमेर समूहका खातावालाले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड छ ।

आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहकमैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास बैंकले लिएको छ ।

‘दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानव जीवनको महत्त्वपूर्ण साधनका रूपमा विकसित हुँदै आएका छन्,’ बैंकले भनेको छ, ‘कुमारी बैंकले दुई महत्त्वपूर्ण साधनहरूलाई एउटै योजनामा आबद्घ गरी आफ्ना ग्राहकहरूमाझ प्रस्तुत गरेको छ । न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराएको ‘गज्जबकोे बचत खाता’ नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।’

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाइहरूमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको जनाइएको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।