बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलवार साँझ देउवा र ओली बालुवाटार पुगेका हुन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन यी तीन नेताहरुबीच भेटवार्ता भएको हो ।

शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उनीहरुबीच छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।