मेयर रेनु दाहालको बदनाम गरेको भन्दै रास्वपाका दुई कार्यकर्ता पक्राउ

मेयर रेनु दाहालको बदनाम गरेको भन्दै रास्वपाका दुई कार्यकर्ता पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल युटुबर सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जालमा राखी बदनाम गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन्। उनीहरु दुवै जनालाई गएराति घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी निकटका शर्माले दाहाल र देउजाको फोटो इडिट गरी सामाजिक सञ्जालमा फोटो अपलोड गरेका थिए भने उक्त फोटोलाई देवकोटाले शेयर गरेका थिए। पक्राउ परेकाहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो प्रहरीमा ठाडो उजुरी दिएका थिए।