को हुन् दुर्गा प्रसाईंका महिला कार्यकर्तालाई मध्यरातमा लखेट्ने ?

को हुन् दुर्गा प्रसाईंका महिला कार्यकर्तालाई मध्यरातमा लखेट्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ गते काठमाण्डुमाखहुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई पार्टी प्यालेसबाट लखेटिएको भिडियो भाइरल भइरहेको छ ।

भक्तपुरको लोकन्‍थलीस्थित इन्द्रसान पार्टी प्यालेसमा बसेका महिलाहरूलाई मंगलबार बेलुका करिब सवा १० बजेतिर लखटेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

‘७ गतेको कार्यक्रममा आउनुभएको हो ? हेलो दिदीहरू ? दुर्गा प्रसाईंलाई फोन गर्नू, हामीलाई निकाल्यो भनेर। हेलो दिदीहरू दुर्गे प्रसाईंलाई फोन गर्नुस् युवा संघले लखेट्यो भनेर, गइहाल्नु गइहाल्नु।’ भनेको आवाज उक्त भिडियोमा सुनिन्छ। धम्कीपूर्ण शैलीमा युवाहरूको एक समूहले महिलाहरूलाई उक्त पार्टी प्यालेसबाट बाहिरिन भनेका छन्।

त्यस्तै भिडियोमा ती महिलाहरु सात गतेको कार्यक्रममा सहभागी हुन इटहरीबाट काठमाण्डु आएको र केही युवाहरुले बस चढाएर इटहरी नै फर्काइदिने कुरा गरेको सुनिन्छ । जवाफमा महिलाहरूले भनेका छन्, ‘हामी जान्छौं, लुगा लगाउन दिनुस् हामीलाई।’

भिडियो सेयर गर्नेहरुले भने युवा संघले राति सुतिरहेका महिलाहरुलाई दुर्व्यवहार गरेको लेखेका छन् । पार्टी प्यालेसबाट निकालिएपछि महिलाहरूले मेडिकल व्यवसायी प्रसाईंलाई फोन गरेका थिए।

केही बेरपछि प्रसाईंका स्वकीय सचिव बताउने एक व्यक्तिले जिल्ला प्रहरी परिसर काठमाण्डुमा फोन गरेर सुरक्षा माग गरेका थिए। त्यस्तै केहीबेरमा डीएसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली महिलाहरूको समूह भएको ठाउँमा पुग्दा धम्क्याउने युवाहरु हिँडिसकेका थिए।

महिलाहरूमाथि अभद्र व्यवहार गर्ने युवा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। काठमाण्डुमा मंसिर ७ गते युवा संघ र प्रसाईं पक्षले कार्यक्रम गर्न लागेका छन्।

दुवै टोलीले माइतीघरमा कार्यक्रम गर्ने सम्भावना देखेपछि काठमाण्डु प्रशासनले ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ । अब युवा संघले तीनकुनेमा र प्रसाईंले बल्खुमा कार्यक्रम गर्दैछन्।