काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् ।
२०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो । त्यसलाई पुनर्निर्माण गरेपछि प्रधानमन्त्री प्रचण्ड नयाँ कार्यालयमा सरको हुन् ।
नयाँ कार्यालयमा रहेको आफ्नो कुर्सीमा बस्दै प्रधानमन्त्री प्रचण्डले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पूरा भएको बताएका छन्। उनले अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्ने धारणा व्यक्त राखेका छन् ।




प्रतिक्रिया