वामपन्थी एकताको कुरा नगर्न नेताहरूलाई अध्यक्ष ओलीको आग्रह

वामपन्थी एकताको कुरा नगर्न नेताहरूलाई अध्यक्ष ओलीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् ।

बुधवार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्तालाई वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका हुन् ।

त्यस्तै उनले ०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गराए । ‘यो वामपन्थी शक्ति नमिली हुँदैन भन्ने कुरा  नगर्न  साथीहरूलाई आग्रह गर्छु । वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र ? मैले राजनीतिक सुरू गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो । त्यहाँदेखि वामपन्थी एकताको माला जपेको । वामपन्थी एकता जति गरायो त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ०७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो । ’

त्यस्तै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलन गर्नुपर्ने आवश्यकता महसुस भएको बताएका छन् । देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको उनको भनाइ छ । ‘अभियानपछि आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको छु ।’, उनले भने ।