सामुदायिक वनका पदाधिकारीविरुद्ध ९ लाखको भ्रष्टाचार मुद्दा

सामुदायिक वनका पदाधिकारीविरुद्ध ९ लाखको भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका ३ पदाधिकारीविरुद्ध ९ लाखभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले भुम्लु गाउँपालिका–४ स्थित सामुदायिक वनका अध्यक्ष चन्द्रसिंह लामा, संगीता चौलागाईं र माधवप्रसाद चौलागाईंविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

समूहका तीनै पदाधिकारीले आपसी मिलोमतो गरी संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियतपूर्वक रकम झिकेर दुरूपयोग गरेको अख्तियारको ठहर छ । ९ लाख १३ हजार २८० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।