जाजरकोटमा पालमा बसेका थप १ भूकम्प पीडितको निधन

जाजरकोटमा पालमा बसेका थप १ भूकम्प पीडितको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – जिल्लाको कुशे गाउँपालिका–९ मोताईमा पालमा बसेका भूकम्प पीडितको निधन भएको छ ।

पालमा मृत्यु हुनेमा ५३ वर्षका रामसिलम गिरी छन् ।

बुधबार दिउँसो उनको मृत्यु भएको वडाध्यक्ष शिवराज गिरीले जानकारी दिए ।

पुरानो दम एक्कासि बढेपछि उपचारका लागि जिल्ला अस्पताल खलंगा लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको बताइएको छ ।