मालिका गाउँपालिकाका अहेब महताराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

मालिका गाउँपालिकाका अहेब महताराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको मालिका गाउँपालिका–५ छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाण्डुमा शैक्षिक योग्यताको झूटा प्रमाणपत्र बनाएको आरोपमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट जारी भएको एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनोट भई छापहिले स्वास्थ्य चौकी गुल्मीमा नियुक्ति तथा पदस्थापन भई अहेब पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।