बुटवल – रुपन्देही जिल्लाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुटवलको देवीनगरका सुनिल श्रेष्ठ र साहिल थापा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार गए राति बुटवल उपमहागरपालिका ११ देवीनगरबाट ७.९० ग्रामसहित २८ वर्षीय सुनिल र मिलन चोकका २१ वर्षीय साहिल पक्राउ परेका छन् ।
सुनिलको घरमा लागूऔषध ब्राउन सुगर बिक्री वितरण भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले श्रेष्ठको घर खानतलासी गर्दा उनको साथबाट ६.६० ग्राम र साहिल थापाको साथबाट १.३० ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरिएको छ ।
आरोपीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया