पोखरा – जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई दोषी ठहर गर्दै साढे ४ महिना कैद सजाय तोकेको छ ।
न्यायाधीश अवानी मैनाली भट्टराईको एकल इजलासले आज बिहीबार अधिकारीलाई दोषी ठहर गरेको छ ।
मुद्दामा फैसला सुनाउँदै अदालतले अधिकारीलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना र १० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश दिएको छ ।
वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई जातीय विभेद तथा दुर्व्यवहार गरेका थिए । कास्कीकोटमा पुस १८ गते आयोजित सार्वजनिक कार्यक्रममा आफूलाई जातीय विभेद र दुर्व्यवहार गरेको भन्दै नेपालीले पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी जनाइएको छ । अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।




प्रतिक्रिया