काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ ।
कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको हो ।
अनुमति बिना जर्वजस्ती कार्यक्रम गरे कारबाही गर्ने चेतावनी पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता रवीन्द्र प्रसाद आचार्यले बक्तब्य नै दिएर प्रसाईंलाई त्यस क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको बताएका हुन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्ति–केन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबादेखि काठमाडौँको तीनकुने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ। यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन’, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता रवीन्द्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।





प्रतिक्रिया