काठमाण्डु – भक्तपुरस्थित व्यवसायी दुर्गा प्रसाईंको घर प्रहरीले घेरेपछि सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरिएको छ ।
अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईंको पक्षबाट अदालतमा मुद्दा दायर गरेका छन् ।
प्रहरीले निवासमा नजरबन्दमा राखेको आरोप लगाउँदै प्रसाईंको पक्षबाट बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरिएको छ । मुद्दाको सुनुवाइ आइतबार हुने जनाइएको छ ।




प्रतिक्रिया