दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको होइन, सुरक्षा दिइएको हो : सीडीओ बस्नेत

दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको होइन, सुरक्षा दिइएको हो : सीडीओ बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको नभई सुरक्षा दिइएको बताएका छन् ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि सीडीओ जितेन्द्र बस्नेतले विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था बलियो बनाएको बताएका छन् ।

बैठकमा काठमाण्डुको सुरक्षा चुनौती विश्लेषण गरेको र यथोचित सुरक्षा प्रबन्ध मिलाउनेबारे सम्बन्धित निकायसँग छलफल गरेको उनले बताए ।

सीडीओ बस्नेतले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने जस्ता कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पारे । उनले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा दुर्गा प्रसाईंले बिहीबार साँझ पत्रकार सम्मेलन गरी कानूनलाई चुनौती दिने र गैरकानुनी कार्यक्रम सार्वजनिक गरेको भन्दै गैरकानूनी हर्कत काठमाण्डुमा नचल्ने बताए ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाण्डुमा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा स्थानीय प्रशासनसँग अनुमति नलिइकन आज तीनकुनेमा कार्यक्रम गर्ने र त्यहाँ भेला भई निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने, उनीहरूमाथि आक्रमण गर्ने भन्ने अराजक शैलीको कार्यक्रम सार्वजनिक गरेकाले काठमाण्डुको सुरक्षा व्यवस्था कडा बनाएका छौं । काठमाण्डु उपत्यकाका ३ वटै जिल्लाकै सुरक्षा व्यवस्था कडा छ । विना हातहतियार भेला भई शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न पाइन्छ तर कानून हातमा लिन खोज्ने समूह र व्यक्तिलाई चेतावनी स्वरूप अनुमति विना कार्यक्रम गर्न पाइँदैन भनेका छौं । कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानूनलाई चुनौती दिने र गैरकानूनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैरकानूनी हर्कत काठमाण्डुमा चल्दैन ।’