काठमाण्डु – सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डुको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाण्डुले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकोमा अदालतले कारण देखाऊ आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले शु्क्रबार सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश समेत दिएको छ ।




प्रतिक्रिया