तीनकुनेमा भोलि पनि प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं

तीनकुनेमा भोलि पनि प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले भोलि शनिबार पनि काठमाण्डुको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।

आज शुक्रबार अपराह्न ठिमीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै भोलि शनिबार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए ।

सरकारले सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेबकुफ बनाउन खोजेको उनले आरोप लगाए । उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छाडेर नभाग्ने बताए ।