काठमाण्डु – कपिलवस्तुको यशोधरा गाउँपालिका–३ बहडिलवामा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।
बिहीबार लु४त १२८० नम्बरको ट्रयाक्टरको ठक्करबाट स्थानीय प्रेमकुमार कुर्मीका छोरा २ वर्षीय रुपेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ ।
फरार रहेका ट्रयाक्टर चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया