एकैदिन ३ जना मृत अवस्थामा फेला

एकैदिन ३ जना मृत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न जिल्लामा एकैदिन ३ जना मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको मादी नगरपालिका–४ गुरुङ गुम्बामा मादी नगरपालिका–३ मुलाबारी बस्ने ४७ वर्षीया मनिता विक शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

रौतहटको यमुनामाई गाउँपालिका–४ झाझपुलस्थित बन्दै गरेको नयाँ पुलको पिलरको गोलोरिङभित्र पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

ईलामको फाकफोक्थुम गाउँपालिका–७ खबुवा बस्ने ५५ वर्षीय मनबहादुर लिम्बु स्थानीय दौलत लिम्बुको घरको पिढीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।