काठमाण्डु – उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा विद्यालयको बस दुर्घटना हुँदा घाइते भएकामध्ये चालक र २ बालबालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रदेश १–०५–००१ख–००४४ नम्बरको स्कूल बस सडकबाट करीब ४० फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ३९ जना घाइते भएकामध्ये ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बसका चालक त्रियुगा नगरपालिका–६ का ४० वर्षीय भिखन चौधरी, ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकास चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा परेको बस उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको हो । विद्यार्थीहरू पिकनिक खाएर फर्किएको अवस्थामा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया