पूर्व राजा ज्ञानेन्द्रकै सामुन्ने लिङ्देनले भने – गणतन्त्रको जग हल्लिसक्यो, ढल्न मात्रै बाँकी

पूर्व राजा ज्ञानेन्द्रकै सामुन्ने लिङ्देनले भने – गणतन्त्रको जग हल्लिसक्यो, ढल्न मात्रै बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको जग हल्लिसकेको र अब ढल्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।

झापामा शनिबार पूर्व राजा पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रमममा पूर्व राजा ज्ञानेन्द्र शाहकै सामुन्ने अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि राप्रपा निरन्तर लागिरहेको बताए ।

शनिबार पूर्व राजा शाहको हातबाट बिर्तामोडस्थित इकम कलेजको प्राङ्गणमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ ।

कार्यक्रमपछि अध्यक्ष लिङ्देनले पत्रकारहरूलाई भने, ‘गणतन्त्रको जग हल्लिसक्यो, ढल्न मात्रै बाँकी छ ।’