काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ। आज देशका केही भू-भागमा बदली र वर्षाकाे सम्भावना रहेकाे छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ । दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । केही भागमा वर्षा पनि हुन सक्नेछ ।
बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने बताउँदै विभागले कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । दैनिकरुपमा चिसाे बढेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुराेध गरिएकाे छ ।




प्रतिक्रिया