काठमाण्डु- इजरायल र हमासबीच बहुप्रतिक्षित अस्थायी युद्धविराम सम्झौता भएको तिन दिन भएको छ । हमासले आइतवार थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर, नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् ।
हमासले शुक्रबार इजरायलमा थुनामा रहेका ३९ प्यालेस्टिनी बन्दीहरूको सट्टामा २३ जना इजरायली नागरिक रहेका २४ बन्धकहरूलाई रिहा गरेको थियो। त्यस्तै शनिबार पनि हमासले बन्धक बनाएका १३ जना इजरायली ३९ प्यालेस्टिनी कैदीको सट्टामा रिहा गरिएको थियो ।
गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का जोशी सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका विपिन हमासको नियन्त्रणमा छन् ।




प्रतिक्रिया