उपसचिव ४० हजार घुससहित अख्तियारकाे फन्दामा

उपसचिव ४० हजार घुससहित अख्तियारकाे फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले पर्साका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साहलार्इ ४० हजार घुससहित पक्राउ गरेकाे छ।

उनी ४० हजार घुस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले जनाएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो ।

जगरनाथपुर गाउँपालिका अन्र्तगत वडा नम्बर –३, बिजवनियामा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको बैक खाता फुकुवा गर्न साहले घुस लिएका हुन् । विद्यालयको भवन निर्माणका लागि बैंकमा कार्यालयले रकम पठाएको थियो । त्यसरी पठाएको रकमको फुकुवा भने कार्यालयले दिएको थिएन ।

त्यही रकम फुकुवा गराउन प्रमुख साहले विद्यालय निर्माण समितिका पदाधिकारीमार्फत ४० हजार रकम घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । स्टिङ्ग अप्रेशन अन्र्तगत साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।