दुर्गा प्रसाईंले जनताको साथ नपाएपछि…

दुर्गा प्रसाईंले जनताको साथ नपाएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन चार दिनमै लगभग सकिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नाममा बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नपाएपछि आन्दोलन शिथिल बन्न पुगेको हो ।

पहिलो दिन उल्लेख्य संख्यामा प्रदर्शनकारी सडकमा आए पनि त्यसपछि क्रमश घट्दै गएर आन्दोलन स्थगित नै भएको छ। पहिलो दिनको संख्याले हौसिएका प्रसाईंले आन्दोलन निरन्तर हुने घोषणा गरे । तर, आन्दोलन गरेको चार दिनमै जनताको साथ पाउन सकेनन्। प्रसाईंको अराजक अभिव्यक्तिपछि शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो।

त्यसैगरी प्रहरीले घर घेरा हालेर उनलाई त्यसदिन बाहिर निस्कनै दिएन। तीनकुनेमा केही मात्रामा देखा परेका प्रदर्शनकारीलाई पनि प्रहरीले तत्काल पक्राउ गरिहाल्यो। तेस्रो दिन शनिबार प्रशासनले प्रदर्शनका लागि सिफल चौर छुट्याइदिएको थियो। त्यहाँ पनि उनका समर्थकको उपस्थिति पातलो थियो। आजका लागि भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम स्थगित भएको छ।

अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ । राजा ल्याउने ठोकुवा गर्दै आन्दोलनमा उत्रिएका प्रसाईँलाई राजावादी पार्टी राप्रपाले भने संस्थागत रूपमा साथ दिए दिएन । यस्तै स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंको आन्दोलनप्रति मौन छन् ।

काठमाण्डुमामा प्रसाईंले आन्दोलन गरिरहेकै बेला शनिवार शाह झापा पुगेर अर्को कार्यक्रममा सहभागी भए भए । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सहयोगमा भएको भनिएको झापाको कार्यक्रममा पूर्वराजा सहभागी भएका हुन् । बिर्तामोडको उक्त कार्यक्रममा पूर्वराजासँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका थिए भने राप्रपाका अन्य केन्द्रीय नेताका साथै हजारौँ राजावादीहरूको उपस्थिति रहेको थियो ।

दुर्गा प्रसाईंले व्यवस्था बदल्ने भन्दापनि अन्य स्वार्थमा गाउँगाउँबाट सर्वसाधारण उतारेको राप्रपाको बुझाइ छ । राप्रपाले आफ्नो कार्यक्रमलाई साथ नदिएपछि दुर्गा प्रसाई भने आक्रोशित बनेको छन् । त्यस्तै प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाण्डुबासीसँग गुनासो गरेका छन् ।

‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गछुं । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, निवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले भनेका थिए ।

शुक्रबारसम्म चर्को स्वरमा भाषण गरिरहेका प्रसाईँ जनताको साथ नपाएपछि मौन छन् । अब उनको आन्दोलन अगाडि बढ्ने नढ्नेबारे पनि कुनै टुंगो छैन ।