कांग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयको विशिष्ट सम्मान

कांग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयको विशिष्ट सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतको प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेको छ। स्थापना दिवसको अवसरमा लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट योगदान दिएको भन्दै विशिष्ट व्यक्तिको रुपमा सम्मानित गरेको हो।

नोभेम्बर २५ मा विश्वविद्यालयले आफ्नो स्थापना दिवस मनाउने गर्ने गर्दछ। सोही अवसरमा काङ्ग्रेस नेता लेखक सहित १०३ औं स्थापना दिवसको अवसरमा ७ जना पूर्व विद्यार्थीलाई विश्वविद्यालयले सम्मान गरेको छ।

विश्वविद्यालयले विगतदेखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउने आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ। लखनउ विश्वविद्यालयले भारत लगायत विदेशको शैक्षिक विकासमा समेत ठूलो योगदान गर्दै आएको भन्दै नेता लेखकले शैक्षिक विकासमा विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिएको बताए।

नेता लेखकले सन् १९८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए। लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक समेत छन्। यसअघि २ पटक मन्त्री भैसकेका नेता लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन्।