चितवनमा दुई शवको पहिचान हुन सकेन

चितवनमा दुई शवको पहिचान हुन सकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भरतपुर महानगरपालिका–१२, मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिका शवको अझै पहिचान हुन सकेको छैन । यही मंसिर ६ गते मध्याह्न करिब १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको कल्भटमुनि शंकास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लासहित सीमावर्ती भारतीय जिल्लामा हुलिया परिपत्र गर्दा समेत मृतकको सनाखत हुन नसकेको हो ।

सनाखत हुन नसकेका शव कल्भटमुनि दुई बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमार्टमका निम्ति भरतपुर अस्पतालमा राखिएको छ ।