एक सय ७७ पिस नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जना पक्राउ

एक सय ७७ पिस नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ७७ पिससहित पर्सा ठोरी गाउँपालिका-३ बस्ने २० वर्षीय विशाल दिसवा थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले पोखरातर्फ जाँदै गरेको हाईसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।