मानवबेचबिखन तथा ओसार पसार कसूरमा होटल संचालक र प्रबन्धक पक्राउ

मानवबेचबिखन तथा ओसार पसार कसूरमा होटल संचालक र प्रबन्धक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मानवबेचबिखन तथा ओसार पसार कसूरमा राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिका-६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेका छन् ।

उक्त गेष्ट हाउसमा वेश्यावृती भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरू उपर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसूरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।