सेनापतिको पत्रकार सम्मेलन : आन्तरीक मामलामा चांसो राखे चुप नलाग्ने चेतावनी

सेनापतिको पत्रकार सम्मेलन : आन्तरीक मामलामा चांसो राखे चुप नलाग्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिजया दशमीको शुभकामना आदान प्रदान तथा मिडियाकर्मीहरुसंग भेटघाट कार्यक्रममा प्रधान सेनापति ज्यूको मन्तव्य

(२०७५\०६\ २५ गते)

उपस्थित बलाधिकृत लगायतका पि.एस.ओज. रथीबृन्द, रक्षा मन्त्रालयका प्रबक्ताज्यू,

सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक,

नेपाल पत्रकार महासंघ र राष्ट्रिय समाचार समितिका अध्यक्षज्यूहरु, प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्षज्यू,

संचार संस्थाहरुबाट पाल्नु भएका अध्यक्ष तथा सम्पादकज्यूहरु,

टेलिभिजनहरुका अध्यक्ष, महाप्रबन्धक, प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखज्यूहरु,

रेडियो तथा एफ.एम. स्टेसनहरुका कार्यकारी निर्देशक, निर्देशक, सम्बाददाता, स्टेसन म्यानेजर, समाचार प्रमुख तथा महासचिवज्यूहरु,

बिभिन्न पत्रपत्रिकाहरु तथा अनलाइन सञ्चार माध्यमहरुका अध्यक्ष, कार्यकारी निर्देशक, प्रबन्ध निर्देशक, प्रधान सम्पादक तथा सम्पादकज्यूहरु,

वरिष्ठ अन्र्तवार्ताकारहरु,

हाम्रा प्रिय रक्षा सम्वाददाता मित्रहरु,

बिदेशी सञ्चार माध्यमका संवाददाताहरु,

स्वतन्त्र पत्रकार मित्रहरु तथा सम्पूर्ण मिडियाकर्मीहरु, नमस्कार ।

लागि सर्वप्रथम  जङ्गी  अड्डामा  आयोजित  यस कार्यक्रममा तपाईहरुको उपस्थितिका नेपाली  सेनाको  तर्फबाट  आभार  व्यक्त  गर्दै हाद्र्धिक  धन्यवाद  दिन  चाहन्छु  । विजया दशमीको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रमको शुरुमा नै नजिकिंदै गरेको बडा दशैं,  शुभदिपावली,  नेपाल  सम्वत्  ११३९  तथा छठ पर्वको उपलक्ष्यमा तपाईहरु सबैलाई सुखशान्ति, सम्बृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

नेपाली सेनाको प्रधानसेनापतिको कार्यभार सम्हालेपछि मेरो समय व्यवस्थापनको असमर्थतामा  तपाईहरुबाट  व्यक्तिगत  तथा  संस्थागत  रुपमा  भएको  भेटघाट तथा अन्तवार्ताको अनुरोध मैले पुरा गर्न सकिन । त्यसका लागि यसै अवसरमा तपाईहरु सबैसंग    क्षमायाचना  गर्न  चाहन्छु    त्यसैले  शुभकामना  आदानप्रदान  गर्न  आयोजना गरिएको  यस  कार्यक्रमलाई  तपाईहरुसंग  छलफल समेत गरि अन्र्तक्रियात्मक बनाउने लक्ष्य राखिएको      आज    तपाईहरुसंग  नेपाली  सेना र मिडियाबिचको सम्बन्ध तथा नेपाली  सेनाले  राष्ट्रसेवामा  गर्दै  आएको  कार्यहरुको बारेमा  खासै केहि कुरा राख्दिन किनकि यस बारेमा तपाईहरु नै यस बारेमा पूर्ण रुपमा जानकार हुनुहुन्छ ।

यस  दौरान    तपाईहरुलाई  बिशेषतः  नेपाली  सेनाको  बृहत्तर  संस्थागत  हित, व्यावसायिक  क्षमता  अभिबृद्धि    सांगठनिक  सुदृढिकरणका  निमित्त  राष्ट्रिय सुरक्षाको पहरेदार  संस्थाका  रुपमा  नेपाली  सेनालाई  बिकसित  गर्दै  लैजाने  मेरा लक्ष्य तथा कार्ययोजनाका  बारेमा  जानकारी  गराउने  प्रयास गर्नेछु    अन्त्यमा  नेपाली  सेना सम्बन्धमा  तपाईहरुका  जिज्ञासाहरु  लिनेछु    यसैगरी  विगतमा  झैं  भविष्यमा  पनि तपाईहरुबाट  महत्वपूर्ण  रायसुझाव    सल्लाहको हाम्रो अपेक्षा शुरुमा नै तपाईहरु समक्ष राख्नचाहन्छु।

उपस्थित मिडियाकर्मी साथीहरु,

मैले  प्रधान सेनापतिको  कार्यभार  सम्हालेकै  दिन  सकल  दर्जाका  लागि  प्रधानसेनापतिको  कमाण्ड  मार्गनिर्देशन  २०७५ जारी गरेको  छु    यो  नेपाली  सेनाको अल्पकालीन  योजना  हो    यसमा  सेवारत    सेवानिवृत  सैनिक  व्यक्तिहरुबाट  प्राप्त रायसुझावहरु,  नेपाली  सेनाबाट  आम  नेपाली  जनताले  गरेका  अपेक्षाहरु  तथा  नेपाल सरकारका नीति कार्यक्रम र निर्देशनहरु समेत समाबेश गरिएको छ।वर्तमान र भविष्यका जिम्मेवारीहरु पूरा गर्न सक्ने गरी नेपाली सेनालाई तयार गर्नेतर्फ शिक्षित, योग्य र कुशल युवाहरुलाई राष्ट्रसेवाका लागि आकर्षित गर्दै नेपाली सेनालाई सुदृढ, सबल र सक्षम संस्थाको रुपमा विकास गर्दै लैजाने लक्ष्य लिएको छु।  

सकल   दर्जालाई   गुण,   दोष,   कार्यसम्पन्नता   र उपलब्धीहरुका आधारमा अवसरहरुद्धारा   अभिप्रेरित  गर्न  भनसुन,  निकटता  र आफन्तवादको अन्त्य गरी प्रणालीमा   आधारित   नीति   सहितको   साङ्गठनिक वातावरण  सिर्जना गर्ने कार्य शुरु भईसकेको छ । त्यसको निमित्त मेरो वा  नेपाली  सेनाको  वा  मन्त्रालयको  एकल  प्रयासबाट  मात्र सम्भव हुन्छ भन्ने मलाई विश्वास छैन, सिङ्गो नागरिक समाज, मिडिया जगत र सिङ्गो समाजले भूमिका खेल्नेछ भन्ने विश्वास मैले लिएको छु । संस्थागत हितलाई प्राथमिकतामा राखी व्यवस्थापन र कार्यप्रणालीहरुमा समयानूकुल सुधार गरी गतिशील, भरपर्दो र सिक्दै जाने सङ्गठनका  रुपमा  स्थापित  गर्ने  तर्फ  ठोस पहलकदमी  शुरु भइसकेको छ । 

आफ्ना तथा मातहतका क्षमता तथा प्रयासहरुले सदैव  संङ्गठनको साख उंचो राख्ने प्रयत्न थालेको छु । यसरी लौह अनुशासन,राजनीति  निरपेक्ष  चरित्र,  राष्ट्रिय  एकताको  भावना  र अविच्छिन्न साङ्गठनिक लक्ष्यहरुद्धारा निर्देशित गर्दै नेपाली सेनालाई राष्ट्रिय एकता र आस्थाको आधार बनाउंदै लैजाने लक्ष्य लिएको छु । साङ्गठनिक लक्ष्य तथा १५१ मूलतःमैले मेरो कार्यकालका लागि सातवटा कार्यहरु  निर्धारण  गरेको  छु    यी  लक्ष्यहरु  नितान्त आन्तरिक प्रयोजनका लागि निर्धारण गरिएकाले म यस भित्र प्रवेश गर्न चाहन्न।नेपालको संविधानको रक्षा गर्नु नेपाली सेनाको परमकर्तव्य हो।

नेपाली सेनाको समसामयिक आधुनिकीकरण गर्नका लागि दीर्घकालीन योजनाका रुपमा  तयार  गरी  कार्यान्वयनमा  ल्याइनेछ    यसको  मतलब  यो  तयारीकै अवस्थामा रहेको छ । यसैगरी  सबै सुरक्षा निकायहरुबिच  आन्तरीक    बाह्य  सुरक्षाका  लागि नेपाली सेना परिचालित भएको अवस्थामा  आवश्यक  एकीकृत  कमाण्ड  सम्बन्धि  अवधारणाको बिकास  गरिनेछ    यो  किन  पनि  आवश्यक  छ भने  नेपाली  सेना  अन्य  सुरक्षा निकायभन्दा फरक प्रकृतिको संस्था भए तापनि हामी आपसी समन्वय गरी अघि बढ्न सकेना भने  तपाई  हामीले  परिकल्पना  गरेको  नेपालको  सुरक्षा कमजोर  हुन जान्छ  ।तसर्थ, हामी बिच समन्वय आवश्यक छ र हामी सबै राष्ट्रका लागि बलियो हुनु जरुरी छ 

नेपाली सेना संविधान विरोधी र बिखण्डनवादी तत्वहरुका गतिविधीबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौति र खतराहरुलाई सुक्ष्म रुपबाट नियालेर निरन्तर मुल्याब्कनगरिरहेकोछरत्योराष्ट्रियसनोकोधर्मपनिहोअर्थातजिम्मेवारीहो। राजनीतिक माध्यम नै आन्तरिक द्वन्द्व समाधानको सही विकल्प हो, तर राष्ट्रसंग अन्यविकल्पहरुपनिरहेकाछन्भन्नेपक्षलाईबिर्सनमिल्दैन।संविधानलेसम्ुपेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य हो । तर त्यो नेपाली सेनाको एकल प्रयासबाट मात्र संभव छैन । यस सम्बन्धमा उपयुक्त राष्ट्रिय निर्देशन प्राप्त भए बमोजिम विगतमा सिकिएका पाठहरुलाई आधार मानि सम्भावित सुरक्षा चुनौति र खतराहरुलाई सम्बोधन गर्न नेपाली सेना सदैव तयार छ । सोहि बमोजिम मातहतमा समते निर्देशन भएको पनि तपाईहरुलाई अवगत गराउन चाहन्छु ।

ल“डाई लड्ने क्षमता अभिबृद्धि गर्नका लागि नेपाली सनोमा सवोगत विशिष्टिकरणको अवधारणा लागू गर्न लागिएको छ । त्यसै गरी जुनियर तहको नेतृत्वलाई थप सक्षम, जिम्मेवार र जवाफदेही बनाई एकत्वपन हासिल गर्ने बिशेष योजनाहरु ल्याइएको छ । सैनिक बन्दोबस्ति पक्षलाई सन्तुलित र आत्मनिर्भरता उन्मुख बनाउनका लागि विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ । उपत्यका बाहिर Logistics Depot हरुको स्थापना गर्दै विकेन्दिक्ररणलाई व्यवहारिक बनाउने योजना रहेको छ भने सकल दर्जाको मनोवल उच्च राख्नका लागि विविध सेवासुविधाहरु सहितको योजना तयार गरी कार्यान्वयन गर्दै लगिनेछ ।

नेपाली सेनाका आधारभुत तालिमदेखि नै आधारभुत सैनिक गुण र सीपहरु विकास गर्ने तर्फ केन्द्रित गरी बास्तविकतामा आधारित तालिम तथा अभ्यासहरु सञ्चालन गरी फौजलाई विभिन्न युद्ध वा द्वन्द्वका सम्भावित वातावरण वा अवस्थाका लागि तयारी अवस्थामा राखिनेछ ।

उपस्थित मिडियाकर्मी साथीहरु,
सब्गठनको सञ्चालनलाई वैज्ञानिक बनाउंदै नेपाली सेनालाई गतिशील संस्थाको रुपमा विकास गर्नका लागि दीर्घकालीन साब्गठनिक हितका विषयहरुमा सैनिक मर्यादाभित्र रहि खुला छलफलमा आधारित योजना र निर्णय गर्ने प्रणाली आरम्भ गरिसकिएको छ । सब्गठनमा सकारात्मक वातावरण सिर्जना गर्नका लागि पुरस्कार र दण्ड सजायलाई ममहत्वपुर्ण संयन्त्रका रुपमा उपयोग गर्न निर्देशन दिईसकिएको छ भने सकल दर्जाको गुनासोहरु संगठनभित्रैबाट सम्बोधन गर्नका लागि विभिन्न विकल्पहरु तय गरिएको छ । तसर्थ, Unsubstantiated समाचारहरुलाई स्थान नदिन म तपाईहरुसमक्ष विनमत्रापूर्वक अनुरोध गर्दछु।कहिले काही त्यस्ता समाचारसम्पे्रसन हुन जाँदा संस्थागत हितमा आघात पर्न जान्छ । त्यसले नेपाली सेना र राष्ट्रलाई आघात प¥ुयाईरहकेो हुन्छ।हामी कतिपय अवस्थामा गलत News आउँदा पनि Media आफैले सत्यता बुझिदिओस् भनेर मौन बसिदिएका छौ ।

विकेन्द्रीकरण मार्फत सबै तहका कमाण्डरहरुलाई आआफ्नो जिम्मेवारीप्रति उत्तरदायी बनाउनका लागि नेपाली सेनामा Mission Command को अवधारणा लागू गरिएको छ । अब यसैका आधारमा सबै तहका कमाण्डरले आफ्नो जिम्मेवारी पूरा गर्न पहल गर्नेछन्, माथिल्लो कमाण्डरको मखु ताक्नु पर्नेछैन ।

सब्गठनमा देखिएका सुधारका आवश्यकताहरुलाई यथोचित सम्बोधन गर्नका लागि प्रणालीमा आधारित नीति System-based Policy)लिने लक्ष्य राखेको छु । व्यबस्थापनलाई चुस्त र दुरुस्त राख्नका लागि विभिन्न कार्यक्रमहरु अघि सारिएका छन् । नेपाली सेनाको तल्लो तहसम्म Digitization मार्फत Less Paper Environment को अवधारणा क्रमशः लागू गर्दै जाने नीति अनुरुप जंगी अड्डामा पूर्ण रुपमा लागू भइसकेको छ भने सदुूरपश्चिमपृतनामा लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसलाई देशैभरका निकायहरुमा लागू गर्ने र रक्षा मन्त्रालयसंग समेत Digital माध्यमबाट जोडिने तर्फ पहल भईरहेको तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।

हामीले सब्गठनभित्रै र बाहिरबाट सुन्ने गरेका भनसुनका आधारमा र पहुंच हुनेले मात्र नेपाली सेनामा अवसरहरु पा्रप्त गर्ने गरकेो भन्ने गनुासोहरु पूर्णरुपमा सत्य होइनन् तर, यस भित्र सत्यता पनि छ । यसलाई हटाउनका लागि मैले पहिलो सम्बोधन, मेरो कमाण्ड मार्गनिर्देशन तथा विभिन्न अन्य निर्देशनहरु मार्फत स्पष्ट रुपमा सबैलाई जानकारी गराई सकेको छु कि सकल दर्जाको मुल्याब्कन कार्यसम्पादनका आधारमा हुन्छ र गरिनुपर्छ । साथै त्यसकै आधारमा नीतिनियमभित्र रहि अवसरहरु दिइनेछ । यसमा मैले फेरि पनि मिडियाकर्मीहरुको सकारात्मक सहयोगको अपेक्षा राखेको छु ।

उपस्थित मिडियाकर्मी साथीहरु,
नेपाली सेनाले नागरिक सर्वोच्चतालाई सदैव सर्वाेपरी मान्दै आएको तथ्य विदितै छ । यदाकदा यसलाई नेपाली सेनाको लोकतान्त्रिकरण पनि भन्ने गरिएको मैले पाएको छु, यसलाई नेपाली सेनाको व्यवसायीकरण भन्दा अझ रामा्रे सुनिन्छ होला जस्तो मलाई लाग्छ । नागरिक सर्वोच्चता सम्बन्धमा हाम्रा धारणाहरु समान हुनु जरुरी छ ।

सरल भाषामा नागरिक सरकारको कानुनसम्मत आदेश तथा निर्देशनहरुको पालना गर्नु नेपाली सेनाको दायित्व हो भने सब्गठनको आन्तरिक व्यवस्थापन नेपाली सेनाको जिम्मेवारी हो, यसमा यदाकदा हुने गरकेले सेनाको हित गर्दैन भन्ने मेरो बुझाई छ । नेपाली सेनाको सञ्चालन सम्बन्धमा आवश्यक नीतिनियमहरु तयार गरी लागू गर्ने र गराउने जिम्मेवारी सरकारको हो । सहि अर्थमा सेनालाई पेशागत रुपमा दक्ष बनाई राष्ट्रिय शक्तिको भरपर्दो संयन्त्रका रुपमा स्थापित गर्नु नै सैनिक संगठनको व्यवसायीकरण हो ।

नेपाली सेनाको सख्ंयाको सम्बन्धमा पनि विभिन्न धारणाहरु  बेलाबखत आउने गरेका छन् । नेपाली सेनाको अहिलेको आकार र स्वरुप विगतको द्वन्द्वकालको आवश्यकतामा आधारित भई सिर्जना भएको हो । नेपाली सेनाको पूर्नढांचा, पूर्नसन्तुलन र पूर्नसंरचना  गर्दै अहिलेको अवस्थामा आएको छ, संगठनको संरचना अहिलेसम्म पनि मिल्न सकेको छनै । एक्कासी बढेको संगठनको असर अझै बांकि छन् । आवश्यकता हुने बितिकै भर्ना लिने र काममा लिन सकिने अवस्था कुनै पनि सैनिक संगठनमा सम्भव हुंदैन ।

विभिन्न तहका कमाण्डर र स्टाफहरु तालिम र अभ्यासका आधारमा क्रमिक रुपमा मानवस्रोतको विकास गर्दै लैजानु पर्ने सेना जस्तो Chain of Command मा चल्ने संगठन – अरु संगठन जस्तो तुरुन्त तयार गर्न सम्भव हुंदैन । तसर्थ, अहिलेको मात्र होइन, भविष्यको आवश्यकतालाई समेत मध्यनजर गरेर हामीले राष्ट्रिय सेनाको स्वरुप र आकार निर्धारण गर्नुपर्ने हुन्छ । यस विषयमा वहस हुनुलाई म स्वभाविक मान्दछु । किनकि सेनाको सञ्चालनका लागि बजेट खर्च अवश्य हुन्छ, तर बजेट कटौति गर्ने नाममा विना आधार सेनाको संख्या कटौति गर्दा त्यसले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पार्ने कुरामा हामी सबै सचेत हुनुपर्ने हुन्छ ।

नेपाली सेनाका प्राथमिक र द्धितिय जिम्मेवारी पुरा गर्न सक्ने गरी विस्तृत सामरिक पुनरावलोकनका आधारमा मात्र निर्णय लिनुपर्छ भन्ने संसारभर कै सेनाको मान्यता हो । सेनालाई सानो र चुस्त बनाउनका लागि विभिन्न राष्ट्रहरुले आधुनिकीकरण र उपयुक्त क्षमताहरु सेनालाई दिने गरेको पाइन्छ । तसर्थ सेनाको संख्या घट्दा थप आवश्यक Capabilities प्रदान गर्ने गरेको देखिन्छ । यहि विकल्प प्रयोग हामीले पनि गर्न सकिन्छ । तर त्यसका लागि पनि विस्तृत अध्ययनको आवश्यकता छ ।

उपस्थित मिडियाकर्मी साथीहरु,
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्ने लगायतका राष्ट्रनिर्माण र विपद् व्यवस्थापन एवं संविधानसम्मत जिम्मेवारीहरु नेपाली सेनाले वहन गर्दै आएको छ र भविष्यमा पनि विश्वसनीय ढंगबाट वहन गर्नेछ । विकास निर्माणका कार्यहरुमा नेपाली सेनाले आजर्न गरेको विश्वसनीयता हामीले निरन्तर कायम राख्नुपर्ने चुनौति नेपाली सेनाको सामू रहेको छ ।

नेपाल सरकार तथा आम नेपाली नागरिकहरुको विश्वासमा नेपाली सेनालाई प्राप्त राष्ट्रिय गौरवको काठमाडौं–तराई\मधेश द्रुतमार्ग समयभित्रै सम्पन्न गर्ने चुनौती छ । पारदर्शीतालाई केन्द्रमा राखेर निर्माण कार्यलाई अपेक्षित गति दिनु मेरो प्राथमिकता भित्र पर्दछ, तर यो समस्यारहित भने छैन । नेपाली सेनाले यसलाई एचष्यचष्तथ त्बकप को रुपमा लिएको छ । सदा झैं नेपाल सरकार, रक्षा मन्त्रालय, आम नागरिकहरु तथा सरोकारवाला सबै निकायहरुको साथ र सद्भावसहित यो आयोजना पूरा गर्ने लक्ष्य लिएका छौं । त्यो बिना यो सम्भव पनि म देख्दिन ।

यस विषयसंग नेपाली सेनाको व्यावसायिकतालाई जोडेर विवादित गर्ने प्रयास बेलाबेलामा हुने गरेको पाइन्छ । यसै अवसरमा म तपाईहरु मार्फत सबैलाई स्पष्ट पार्न चाहन्छु । सर्वप्रथम विकास निर्माण नेपाली सेनालाई संविधानले तोकेको जिम्मेवारी हो । नेपाल सरकारले विकास निर्माण सम्बन्धि जिम्मेवारी दिएपछि नेपाली सेनाले त्यो पूरा गर्नैपर्छ । यहि विकास निर्माण सम्बन्धि संवैधानिक जिम्मेवारी पूरा गर्नका लागि शान्तिकालीन वर्तमान अवस्थामा नेपाली सेनामा इन्जिनियरिब् विभाग र कम्व्याट इन्जिनियर्स निकायहरु रहेका छन् ।

काठमाडौं–तराई\मधेश द्रुतमार्ग लगायतका अन्य बाटोघाटो निर्माण सम्बन्धि कार्यहरुमा यिनै निकाय अन्तर्गतका करिब १००० जनशक्ति खटिएका छन्, जसको प्राथमिक जिम्मेवारी नै बिकासनिर्माण हो आमनागरिकबाट आउने गरेको चासोहरुलाई हामीले सकारात्मक रुपमा लिंदै आएका छौं । भविष्यमा समेत नागरिकहरुका   तर्फबाट यस किसिमका सरोकारहरु प्राप्त हनुे अपेक्षा राखेका छौं । शान्ति कालमा सेना विकास निर्माणमा लाग्दा व्यावसायीकतामा आँच आउँछ कि भन्ने चिन्ता अत्यन्त जायज हो तर त्यसमा मुलरुपमा इञ्जिनियर्स जनशक्ति नै खट्टिने हो, मुलधारको ९५,००० फौज त्यसमा संलग्न नहुने हुँदा नेपाली सेनाको तालिम र व्यवसायीकतामा त्यसले असर गर्दैन, विकसित देशहरुमा समेत सेना यस्ता कार्यमा संलग्न हुन्छन् ।

नेपाली सेनालाई प्राप्त हुने बजेट र मातहतमा विनियोजन गरिने बजेटको अधिकत्तम सदुपयोग गरी प्रभावकारी कार्यान्वयन गर्न पारदर्शी प्रयोगमा विशेष जोड दिनेछु।यसकालागिसम्बन्धितकमाण्डरतथालखोउत्तरदायीहरुलाईजवाफदेही बनाउनका लागि नेपाली सेना आर्थिक निर्देशिका २०७५ तयार भई लागू हुने क्रममा रहेको छ । यसमा मैले शुन्य सहनशीलताको नीति लिएको छु । यसका लागि प्रभावकारी अनुगमन संयन्त्रको बिकास हुने क्रममा रहेको छ ।

आर्थिक अनियमितताका विषयहरुले सब्गठनको साख गिर्ने विषयमा हामी सचेत छौं । यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न म प्रतिबद्ध रहेको पनि तपाईहरुलाई जानकारी गराउन चाहन्छु । भ्रष्टाचारका विषय पनि बेलाबेला सुनिने गरेका छन् । यसलाई सैनिक बिशेष अदालतले हेर्ने गरी व्यवस्था गरिनेछ । यो अदालत अपेक्षित रुपमा प्रभावकारी बनाउन नसकिएको पक्ष केही हदसम्म सत्य होला, अब यस प्रति ध्यान केन्द्रित गरिने छ ।
उपस्थित मिडियाकर्मी साथीहरु,
नेपाली सेनाको कल्याणकारी कोषको सम्बन्धमा अहिलेकै कार्यक्रमहरुको सही व्यवस्थापन र सेवाग्राही केन्द्रित बनाउने लक्ष्य लिएको छु । कुनै पनि सैनिक कल्याणकारी कार्य अत्यन्त महत्वपूर्ण पक्ष हो । सब्गठनका सम्पूर्ण सदस्यहरुको रगत पसिनाबाट बनेको यो कोषको सदुपयोग हो स्भन्ने सम्पूर्ण सवोनिवतृ सैनिक व्यक्तिहरुको आकांक्षा तथा आम नेपाली नागरिकको अपेक्षाप्रति म सचेत छु ।

कोषको दीगोपन, हिताधिकारीहरुको धेरै गुनासो रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सैनिक व्यक्तिको सामाजिक अवस्थामा सुधार गर्ने किसिमको दीर्घकालीन संस्थागत हित हुने स्वरोजगर तथा पूर्न रोजगारीसम्बन्धि रणनीति तयार गर्ने गरी एक विशेष कार्यदलले कार्य गरिरहेको छ । कोषको व्यवस्थापनलाई पारदर्शी र प्रभावी बनाउन स्पष्ट देखिने गरी पहलकदमी लिनेछु । उपलब्ध स्रोत साधन, आवश्यकता र हिताधिकारीहरुको अपेक्षाको सम्बोधन हाम्रो मुख्य चुनौति हो ।

यसै अवसरमा म महांकालस्थित ऐतिहासिक महत्वको त्रिचन्द्र मिलिटरी हस्पिटल लगायतका कल्याणकारी पक्षमा सुनिने गरेका गुनासोहरु सन्दर्भमा नेपाली सेनाको स्पष्ट धारणा राख्न चाहन्छु । यसलाई कहिले नेतृत्वको महत्वाकांक्षासगं त कहिले नेपाली सेनाले व्यवसाय गर्न लाग्यो भनेर आरोपहरु लाग्ने गरेको छ । तपाईहरुलाई र तपाईहरु मार्फत आमनागरिकहरुलाई हामीले यस बारेमा बेलाबेलामा प्रष्ट पार्ने कोशिश पनि गरेका छौं ।

उपस्थित मिडियाकर्मी साथीहरु,
कोषको मुख्य स्रोत शान्ति सेना गएका सकल दर्जाबाट कट्टा गरिएको रकम हो । नेपाली सेनाले आफ्नै पहलमा करीब एक लाख सेवारत, ७० हजार सेवानिवृत र तिनका आश्राीत सहित गरी करीब ८ लाख हिताधिकारीहरुको कल्याणकार्य यसै कोषबाट गर्दै आएको छ । मुलधनमा मात्र निर्भर रहने हो भने यसले आगामी ८ ( १० बर्ष मात्र अहिले प्रदान गर्दै आएको कल्याणकारी कार्यहरु गर्न सकिन्छ । तसर्थ कल्याणकारी कार्यक्रमहरुको दीगोपनका लागि नेपाली सेनाको दीर्घकालीन योजना आवश्यक छ । यसको पारदर्शीता र सहि प्रयोगका लागि नेतृत्व सदैव जिम्मेवार हुनैपर्छ । अहिले सब्गठनभित्र सरकारी कर्मचारीहरु सरह सैनिक व्यक्तिहरुको कल्याणकार्यका लागि नेपाल सरकारको योगदानका लागि पहल गर्नुपर्ने सुझावसहितका दवावहरु बढ्न थालेको छ ।

सरकार सक्षम हुंदै जांदा त्यो पनि क्रमैसंग प्राप्त हुंदै जाने हाम्रो अपेक्षा रहके ो छ । तर नेपाल सरकारबाट प्राप्त नहुन्जेलका लागि नेपाली सेनाप्रति सक्षम र योग्य आम नेपाली युवाहरुको आकर्षण कायम राखिरहन, सेवा प्रवेस गरेकाहरुलाई सेवामा रहिरहन प्रेरित गर्नु अहिले राष्ट्रकै लागि चुनौति हो, जसको प्रत्यक्ष समन्ध राष्ट्रिय  सुरक्षासंग रहेको छ।

सवोनिवृत भएपछि पनि सैनिक तालिम प्राप्त जनशक्ति रोजगारीका लागि  विदेश पलायन हुनुपर्ने अवस्था विडम्वनापुर्ण छ । तसर्थ, कल्याणकारी कोषको सा्रेतको विविधिकरण अपरिहार्य छ, ताकि नेपाली सेना आफैंले शुरु गरेको कल्याणकारी कार्यहरु मार्फत हाम्रो उद्देश्य हासिल गर्न सकियोस् ।

त्रिचन्द्र मिलिटरी अस्पताल, पेट्रोल पम्पहरु संग सम्बन्धित विषयहरु नेपाली सेनाको कल्याणकारी सेवाको बिकेन्द्रकरण गरी हिताधिकारीहरुको पहुंच सहज बनाउने र कोषको सा्र ेत विविधिकरण गर्ने उद्देश्य राखिएको छ । यसबाट प्राप्त हुने आम्दानीको प्रयोग कल्याणकारी कार्यक्रमहरु जस्तैः हिताधिकारीहरुको शिक्षा, स्वास्थ्य आदि क्षेत्रकै विस्तारमा नियमसंगत प्रयोग गर्ने व्यवस्था बारेमा यहांहरु जानकार नै हुनुहुन्छ ।

त्रिचन्द्र मिलिटरी अस्पतालको  स्वास्थ्य सेवा प्रारम्भ भइसकेको छ भने बांकी भवनलाई आयमुलक आधारित सामाजिक पय्रोजनमा दिई त्यसको आम्दानीने पालगञ्ज,इटहरी र पोखरामा अस्पताल विस्तार गर्न प्रयोग गर्ने योजना रहके छ । त्यसैगरी आगामी दिनहरुमा भू.पू. सैनिक समेतलाई लक्षित गरी प्रदेश २ र ७ मा समेत सैनिक अस्पतालहरु त्यसकै आम्दानीबाट विस्तार गर्ने योजना रहेको छ । स्वास्थ्य सेवाका लागि सम्पूर्ण हिताधिकारीहरु काठमाडौं केन्द्रित वीरेन्द्र अस्पताल, छाउनी र महांकालमा केन्द्रित हुंदा हिताधिकारीहरुलाई पर्ने मर्का निराकरण गर्नका लागि हिताधिकारीहरुकै अनुरोधमा सवे  विकेन्दिक्ररण गरिएको हो । यो भन्दा उत्तम उपाय अरु के हुन सक्छ त, हाम्रो प्रश्न छ रु नेपाली सेनामा कसकै व्यावसायिक प्रतिष्पर्धी बन्ने चाह पटक्कै नभएको पनि तपाईंहरुलाई जानकारी गराउन चाहन्छु । हामी हाम्रा जिम्मेवारीहरुप्रति प्रतिबद्ध छौं ।

नेपाली सेनाका कामकार्वाहीहरु पारदर्शी र सही नहुंदा नागरिकहरुको तर्फबाट राष्ट्रिय सेनाको व्यावसायिकतामा आच नआओस् भनेर सरोकार आउनुलाई हामीले संधै सकारात्मक रुपमा लिंदै आएका छौं, जसले हामीलाई सुधार गर्न अभिप्रेरित गर्ने गरेको छ । नेपाली सेनामा कल्याणकारी कार्य किन जरुरी छ भन्ने कुरामा सबैभन्दा पहिला हामी सबै स्पष्ट हुनु जरुरी मैले ठानेको छु । तत्पश्चात हामीले कल्याणकारी कोषको प्रयोगलाई हिताधिकारीको आवश्यकतामा आधारित बनाउदंै दीगो बनाउनेतर्फ ध्यान दिनैपर्छ । कल्याणकारी कार्यदलको प्रतिवेदन पछि हामी सबैले अपेक्षा गरे मुताविक कोषको प्रयोगलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउंदै लगिने कुरा तपाईहरु समक्ष राख्न चाहन्छु । त्यसका निमित्त हाम्रा करिब ८ लाख हिताधिकारीहरु र तपाई मिडियाकर्मी साथीहरुलाई केही समय धैर्य रहन म विनम्रतापूर्वक अनुरोध समेत गर्दछु ।

उपस्थित मिडियाकर्मी साथीहरु,
भनसुन, आफन्तवाद र निकटता हाम्रो समाजको उपज नहुनु पर्ने हो, तर नेपाली सेना यसबाट केहि हदसम्म प्रभावित भएको होला भन्ने कुरा नकार्न सकिन्न, तरयसलेसंगठनलाईगतिशीलहुनबाटरोक्ने,व्यक्तिगतस्वार्थहरुहावीहनुेतथा संस्थागत हितका विषयहरु ओझेलमा पर्दै जाने बारेमा म सचेत छु । सांगठनिक स्वार्थका अगाडि व्यक्तिगत स्वार्थ गौण हुन् ।

त्यसैले नीति नियमहरुले प्रधान सेनापति पनि बांधिनु पर्छ भन्ने विषयलाई केन्द्रमा राखि नेपाली सेनाको सञ्चालन गर्ने मेरो अभिप्राय रहके छ । व्यक्तिपरक महशुस भएका केहि संस्थागत नीति नियमहरु परिमार्जन गरी संस्थागत हित हुने नीतिहरु निर्माण गर्ने सिलसिला शुरु भईसकेको छ ।जस्तैःशान्ति सनो छनौटमा कोटा प्रणाली हटाइएको छ।यस किसिमका व्यवस्थाहरुको अभ्यास र त्यसको असरहरु तपाईहरुले पनि बिस्तारै महशुस गर्दै जानु हुनेछ ।

उपस्थित मिडियाकर्मी साथीहरु,
नेपाली सेनाले ऐतिहासिक कालदेखि वर्तमानसम्म राष्ट्रनिर्माण, राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर पुर्याउंदै आएको योगदानलाई बिर्साउने गरी पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा आउने गरेका समाचारहरुप्रति हामी सजग छौं, तर समाचारहरु तथ्यपरक र सत्य हुनुपर्ने तर्फ हामी सबै सचेत हनु जरुरी छ । हामी भित्र रहेका कमिकमजोरीहरुलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने कार्य पा्र रम्भ भईसकेको छ ।

आम नेपाली नागरिकले अपेक्षा गरेजस्तो नेपाली सेना बनाउने हाम्रो लक्ष्यमा तपाई मिडियाकर्मीहरुको खबरदारी आउंदा दिनहरुमा पनि महत्वपूर्ण हुने कुरामा हामी पूर्ण रुपमा विश्वस्त छौं । नेपाली सेना र नेपाली नागरिकहरुको राष्ट्रिय दायित्व पुरा गर्न तपाईहरुले मियोको रुपमा कार्य गरि नै रहनु हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु । वर्तमान अवस्थामा मिडियाको महत्वका बारेमा हामी सबै जानकार छौं।

नेपाली सेनाको राष्ट्रिय सरुक्षा सम्बन्धिसबंधानिक जिम्मेवारी पूरा गर्ने कार्यहरुमा तपाईहरुले दिंदै आउनु भएको साथको निरन्तरता र साब्गठनिक विषयहरुमा आउंदा दिनहरुमा समेत निरन्तर सहयोग पा्रप्त हुने अपेक्षा राखेका छौं । मिडियासंगको यस किसिमको औपचारिक तथा अनौपचारिक अन्तक्रियाको आवश्यकतालाई मध्यनजर गरी भविष्यमा समेत नियमित यस प्रकारका कार्यक्रमहरुको आयोजना गर्न सम्बन्धितलाई निर्देशन दिएको छु । त्यसमा तपाईहरुको पनि यस्तै पक्र ारको उत्साहित उपस्थिति रहनेछ भन्ने विश्वास लिएको छु ।

मिडियाकर्मी साथीहरु,
अन्तमा, पूनः एक पटक तपाईहरु सबैलाई तथा तपाईहरुका परिवारजन र सम्बद्ध मिडिया हाउसका सम्पूर्ण सदस्यहरुलाई विजया दशमी, दिपावली तथा छठको अवसरमा सुख, शान्ति, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु भने आज तपाईहरुले यस कार्यक्रमका लागि नेपाली सेनालाई दिनुभएको महत्वपुर्ण समयका लागी  धन्यवाद दिन चाहन्छु । नेपाली सेनाको माटोले माग्दैन, आफैंले दिनुपर्छ भन्ने कार्यक्रम तपाईहरुको रेडियो, एफ.एम. र टेलिभिजन मार्फत नेपाली सेनाका सकल दर्जा, सेवा निवृत सैनिक व्यक्तिहरु, तिनका आश्रिात परिवार तथा आम नेपाली नागरिकहरु समक्ष देशैभर पुर्याउन तपाईहरुले गर्दै आउनु भएको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै हाद्र्धिक धन्यवाद पनि दिन चाहन्छु ।

आम नागरिकको Right to Information लाई नेपाली सेनाले पूर्णप्रतिबद्धताका साथ लागू गर्नेछ। तपाईहरु र हाम्रो व्यावसायिकतामा आधारित रहंदै आएको सम्बन्ध आउंदा दिनहरुमा राष्ट्रिय हितमा केन्दित्र हुनेछन् भन्ने अपेक्षा राख्दै अव नेपाली सेना सम्बन्धमा तपाईहरुको केहि जिज्ञासा, रायसुझाव र सल्लाहहरु भए तपाईहरुलाई फोरम उपलब्ध गराउछु ।
धन्यवाद ।