बालरोग विशेषज्ञलाई टेकु अस्पतालको जिम्मेवारी

बालरोग विशेषज्ञलाई टेकु अस्पतालको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सार्क क्षयरोग केन्द्रको जिम्मेवारी हेरफेर गर्दा मनोमानी गरेका छन् ।

बाल रोग विशेषज्ञ डा. युवानिधि बसौलालाई शुक्रराज तथा ट्रपिकल तथा सरुवा रोग अस्पतालको जिम्मेवारी दिएका छन् । यस्तै, सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलको सार्क क्षयरोग केन्द्रमा सरुवा गरेका छन् । सार्क क्षयरोग केन्द्रका डा। रोशन न्यौपानेलाई वीर अस्पतालमा पठाएका छन् ।

जानकारहरुका अनुसार सार्क क्षयरोग केन्द्रमा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको मानिसलाई लैजाँदा राम्रो काम लिन सकिन्छ । तर, डा. रावल जनरल प्राक्टिसनर हुन् ।