काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ।
आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार राति देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
नेपालमा हाल पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।




प्रतिक्रिया