इजरायल-हमासको युद्धविराम दुई दिन थपियो, विपिनको अवस्थाबारे कुनै जानकारी छैन

इजरायल-हमासको युद्धविराम दुई दिन थपियो, विपिनको अवस्थाबारे कुनै जानकारी छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजराइल र हमाजबीचको अस्थायी युद्ध विरामको समय दुई दिन थपिएको छ । गत शुक्रवारदेखि लागू भएको चार दिने युद्ध विरामको समय सोमवार सकिएको थियो । पहिलो चरणको समय सकिएसँग अस्थायी युद्ध विरा दुई दिन थपिएको हो ।

हमास र इजराइलबीचको युद्ध विराम अन्तर्गत लगातार चौथो रात पनि इजरेली बन्धकहरू र प्यालेस्टिनी कैदीहरू साटासाट गरिएको छ। स्थानीय समय अनुसार सोमवार मध्यरातमा इजराइल जेलबाट थप ३३ जना प्यालेस्टिनीहरूलाई रिहा गरिएको थियो।

त्यसअघि हमासले फ्रान्स, जर्मनी तथा आर्जेन्टिनाका दोहोरो नागरिकता भएकासमेत थप ११ जना इजरेली बन्धकहरूलाई मुक्त गरेको थियो। हमासले मुक्त गरेका इजराइलको सङ्ख्या ५० भन्दा बढी भएको सोमवार राति इजरेलले जनाएको छ। इजराइलले मुक्त गरेका प्यालेस्टिनी कैदी बन्दीहरूमा थप ३० जना बालबालिका र तीन जना महिलाहरू रहेको दाबी गरिएको छ।

विपिन जोशीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी छैन

इजरायल र हमासबीच लागू गरिएको पहिलो चरणको युद्ध विरामको सकिँदासमेत कञ्चनपुरका विपिन जोशी भने छुटेका छैनन् ।

फेरि युद्ध विरामको अवधि थप दुई दिन लम्बिएपछि विपिनको परिवार विपिन रिहा हुनेमा आशावादी छन् । तर, हमासको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन। नेपालले इजिप्टलाई पनि पत्र लेखेरै विपिनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको जनाइएको छ ।

विपिनको परिवारले यस अघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै रिहाइको अपिल गरेका थिए । उनीहरूले पटक पटक परराष्ट्र मन्त्री एनपी साउँदलाई भेटेरै रिहाइको पहल गर्न आग्रह गरेका थिए ।