काठमाण्डु- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारभरका बुद्धमार्गीलाई ‘लुम्बिनी जाऔँ’ भन्ने अभियान चलाउन आह्वान गरेका छन्।
बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को आज उद्घाटन गर्दै मन्त्री किरातीले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घन्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे।
“नेपालीहरू पाहुनालाई भगवान् मान्छौँ, अब तपाईहरूले बुद्धभूमि लुम्बिनी जाऔँ भन्ने अभियान चलाउनुहोला”, मन्त्री किरातीले भने, परिवारसहित लुम्बिनी घुम्न आउनुहोस् ।”
कोरिया नेपाल मित्रता ‘पिस पार्क’मा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घन्टी विश्व शान्तिको कामना गर्दै घन्टी बजाएर उद्घाटन गरिएको छ।
भिक्षुहरूले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घन्टीले कोरिया र नेपालीबीचको निःस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको समेत मन्त्री किरातीले बताए।




प्रतिक्रिया