उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ।

आज कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै, पहाडी भेगका केहि स्थानमा हल्का वर्षाको समेत सम्भावना छ।

अहिले नेपालमा पश्‍चिमी वायु र भारतको राजस्थानमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाे छ।

सोही कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

आज ४ वटा प्रदेशमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।