भारतको इक्विटी बजार पहिलो पटक चार ट्रिलियन डलर क्लबमा सामेल

भारतको इक्विटी बजार पहिलो पटक चार ट्रिलियन डलर क्लबमा सामेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार मूल्य बुधबार पहिलो पटक चार ट्रिलियन अमेरिकी डलरको अंकमा पुगेकाे छ।

बुधवारको प्रारम्भिक कारोबारमा बीएसईको ३० सेयर सूचकांक सेन्सेक्स ३०५.४४ अंकले बेढर ६६४७९.६४ मा पुगेकाे छ।  शेयर बजारमा सकारात्मक वातावरणका कारण बिहानको कारोबारमा बीएसई सूचीबद्ध कम्पनीहरूको कुल बजार पूँजी बढेर रु ३,३३,२६,८८१.४९ करोड पुगेको छ। मुद्रा बजारमा एक डलरको मूल्य ८३.३१ रुपैयाँ थियो ।

यो दरले अमेरिकी डलरमा सूचीकृत भारतीय कम्पनीहरूको कुल बजार पुँजी चार ट्रिलियन अमेरिकी डलर पुगेको हाे। यस वर्ष सेन्सेक्स ९.१० प्रतिशत (५५४०.५२अंक) को रेकर्ड वृद्धि भएकाे छ, जबकि बीएसई सूचीबद्ध कम्पनीहरूको कुल बजार पूंजीले ५०.८१ लाख करोड रुपैयाँको उछाल रेकर्ड गर्‍यो।

यस वर्ष सेप्टेम्बर १५ मा सेन्सेक्स उच्चतम स्तर ६७९२७.२३ मा पुग्यो। अमेरिकाबाहेक हाल चीन, जापान र हङकङजस्ता बजार पुँजी ४ खर्ब रुपैयाँमाथि रहेका छन् ।

२४ मे, २०२१ मा बीएसईमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पूँजी तीन ट्रिलियन अमेरिकी डलर अनुमान गरिएको थियो, जहाँ मे २८, २००१ मा बीएसईमा सूचीबद्ध कम्पनीहरूको बजार मूल्य एक ट्रिलियन थियो।