काठमाण्डु – नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवा भञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि सुरू हुँदैछ।
अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट बिहान साढे ८ बजे मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटन गर्दैछन् । बैतडीकै खोड्पेमा आज सन्देशसभा समेत आयोजना हुनेछ । जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू हिजो नै बैतडीको झुलाघाट पुगिसकेका छन् ।
पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ । एमालेका अनुसार झुलाघाट (बैतडी) –चिवाभञ्ज्याङ (पाँचथर) यात्रा तीन साता (पुस २) सम्म चल्नेछ । एमालेले यो यात्राले मुलुकमा समृद्धिको थप आधार तय गर्ने दाबी गरेको छ ।




प्रतिक्रिया