काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्रैका साथीहरूबाट राम्रा मान्छेलाई रास्वपामा आउन नदिने कोसिस भइरहेको बताएका छन् ।
महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा प्रतिवेदन पेश गर्दै नयाँ र योग्य व्यक्तिहरू पार्टीभित्र आउँदा आफूले टिकट नपाउने मनशायले उक्त प्रयास भइरहेको बताएका हुन् ।
उनले पार्टी स्थापनाको छोटो अवधिमा देखिएको समस्या र संकीर्णताप्रति चिन्ता व्यक्त गरेका छन् । त्यस्तै उनले संरचना नै बदल्ने बाटो लिनुपर्ने प्रस्ताव गरेका छन् ।
‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजादैंन। त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेकोछ। यसकोविकल्प सोच्न एकछिन पनि ढिला गर्नु हुन्न,’ प्रतिवेदनमा भनिएको छ।
उनले प्रदेशको संरचना अन्य दलहरुले आफ्ना कार्यकर्ता भर्तिका लागि सजिलो होस् भनेर मात्र निर्माण गरेको लामिछानेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन




प्रतिक्रिया