नेपालमा पहिलो पटक विवाह दर्ता गर्ने समलिङ्गी जोडीको कथा!

नेपालमा पहिलो पटक विवाह दर्ता गर्ने समलिङ्गी जोडीको कथा!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पहिलो पटक समलिङ्गी जोडीको विवाह दर्ता भएको छ । माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लुम्जुङ जिल्लाको सम्बन्धित सरकारी विभागले बुधबार औपचारिक रुपमा दर्ता गरेको हो । माया गुरुङलाई ३६ वर्ष र सुरेन्द्र पाण्डेलाई २६ वर्ष पुगेको छ ।

यो जोडीले आफ्नो विवाह दर्ता गराउन लामो कानुनी लडाइँ लड्नुपरेको थियो । पाँच महिनाअघि सर्वोच्च अदालतले अन्तरिम आदेशमा समलिङ्गी जोडीको विवाह दर्ता गर्न अनुमति दिएको थियो ।

माया र सुरेन्द्र झण्डै एक दशकदेखि सँगै बस्दै आएका छन् । यो जोडीले सन् २०१७ मा मन्दिरमा विवाह गरेका थिए र त्यसबेलादेखि नै आफ्नो विवाहलाई कानुनी मान्यता पाउन संघर्ष गरिरहेका थिए ।

माया गुरुङ एक ट्रान्सजेन्डर महिला हुन् जसले आधिकारिक कागजात अनुसार आफ्नो लिङ्ग परिवर्तन गरेकी छैनन्। सुरेन्द्र पाण्डे जन्मजात पुरुष हुन् ।

गत असार १३ गते काठमाडौंको जिल्ला अदालतले सर्वोच्च अदालतको आदेशको बाबजुद दम्पतीको विवाह दर्ता गर्न अस्वीकार गरेको थियो ।सर्वोच्च अदालतले कानून परिमार्जन नभएसम्म यस्ता विवाह दर्ता गर्न नेपाल सरकारलाई आदेश दिएको थियो ।

जिल्ला अदालतले गुरुङ र पाण्डेको विवाह दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च अदालतले सरकारलाई निर्देशन मात्र दिएकाले तल्लो अदालतले मान्न बाध्य नहुने बताएको थियो ।

तर बुधबार दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सर्वोच्च अदालतको आदेश र सम्बन्धित सरकारी विभागको निर्देशनबमोजिम दम्पतीलाई विवाह दर्ता प्रमाणपत्र जारी गरेको जानकारी दिए । नेपालका चर्चित अधिकारकर्मी सुनिलबाबु पन्तले यसलाई ऐतिहासिक निर्णय भनेका छन् ।