दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोट नष्ट गरिएको

दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोट नष्ट गरिएको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – ठोरी गाउँपालिका वडा नम्बर ३ र ४ स्थितमा दश कट्ठा खेतमा अवैध रूपमा लगाएका करिब ८ हजार गाँजाको बोट बुधबार नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रहरी कारवाहीको सिलसिलामा उक्त खेतमा अवैध रूपमा लगाएको गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको हो । प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।