सरकार प्रचण्ड पथमा हिँड्न खोज्याे : अध्यक्ष ओली

सरकार प्रचण्ड पथमा हिँड्न खोज्याे : अध्यक्ष ओली

कांग्रेसले आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस प्रचण्डपथको भरिया बनेको बताएका छन् ।

शुक्रबार डडेलधुरामा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस प्रचण्डपथको भरिया बनेको र आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको बताएका हुन ।

सरकार माओवादी नीति र प्रचण्ड पथमा हिँड्न खोजेको समेत बताए । उनले भने, ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला ।

उनले भने, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यही बीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’

उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोप समेत लगाए ।