मेयर हर्क साम्पाङको आग्रह : विद्युत् बक्यौता तिर्छाै, सडक बत्तीको लाइन नकाट्नू

मेयर हर्क साम्पाङको आग्रह : विद्युत् बक्यौता तिर्छाै, सडक बत्तीको लाइन नकाट्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले नेपाल विद्युत् प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न आग्रह गरेका छन् ।

विद्युत् प्राधिकरण धरान वितरण केन्द्रले धरान उपमहानगरपालिकाका विभिन्न स्थानमा सडक बत्तीको लाइन काट्न थालेपछि मेयर हर्कले विज्ञप्तिमार्फत लाइन नकाट्न आग्रह गरेका छन् ।

सडकमा बत्ती नबाल्दा आपराधिक समूहबाट विभिन्न घटनाहरू हुनेतर्फ मध्यनजर गरी लाइन छोड्न उनले प्राधिकरणलाई अनुरोध गरे ।

विज्ञप्तिमा उल्लेख छ, ‘सडक बत्तीको बक्यौता नतिरेको कारण देखाई धरानस्थित विभिन्न सडकका बत्तीहरूमा लाइन काटेकाले उक्त ईलाकामा आपराधिक मानसिकता भएका व्यक्तिहरूबाट चोरी, डकैती, लुटपाटजन्य गतिविधि बढ्ने साथै दुर्घटना समेत हुने भएको हुँदा उक्त आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सडक बत्तीको विद्युत् नकाटिदिनहुन अनुरोध छ ।’

उनले सरोकारवालासँग समन्वय गरी तिर्नुपर्ने प्राधिकरणको बक्यौता तिर्ने जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सडक बत्तीको तिर्नुपर्ने बक्यौता रकमका लागि सम्बन्धित मन्त्रालय लगायतका निकायहरूसँग समन्वय र सहकार्य गरी उक्त बक्यौता रकमबारे आवश्यक कारबाही गरिने व्यहोरा जानकारी गराउँछु ।’