राजसंस्था र हिन्दूराष्ट्र पक्षधरबीच मोर्चा निर्माण गरी जनआन्दोलनमा जानुपर्छ : कमल थापा

राजसंस्था र हिन्दूराष्ट्र पक्षधरबीच मोर्चा निर्माण गरी जनआन्दोलनमा जानुपर्छ : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

राप्रपा नेपाल काठमाण्डु जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेकै व्यवस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने बताए ।

देश बचाउन र बनाउन राजसंस्था, हिन्दू राष्ट्र पक्षधर र संघीयता नचाहनेबीच तत्काल मोर्चा निर्माण गरी नयाँ जनआन्दोलनमा जान जरुरी भएको आवश्यकता औंल्याए । संवैधानिक अंग, न्यायालय, प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमाएर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भइरहेको भन्दै उनले प्रतिवाद हुनुपर्नेमा जोड दिए ।

असक्षम, असफल र अदूरदर्शीहरूले मुलुकमा ब्रह्मलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधिनको रक्षाका निमित्त एक पटक सबै सडकमा आउनुपर्ने समय आएको बताए । आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई उनले आग्रह गरेका छन् ।