पोखरामा सैनिक आवासीय महाविद्यालयको नयाँ भवन शिलान्यास

पोखरामा सैनिक आवासीय महाविद्यालयको नयाँ भवन शिलान्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – प्रधानसेनापति प्रभुराम शर्माले सैनिक आवासीय महाविद्यालय पोखराको नयाँ भवन शिलान्यास गरेका छन् ।

महाविद्यालयको १९औं वार्षिकोत्सवको अवसरमा शुक्रबार महाविद्यालयमा बीबीए पठनपाठनका लागि आवश्यक पर्ने भवनको शिलान्यास गरिएको छ ।

नेपाली सेनाको कल्याणकारी योजना मातहत सञ्चालित महाविद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच बीबीए पठनपाठनको औपचारिक थालनी भएको छ ।

कार्यक्रममा प्रधानसेनापति शर्माले महाविद्यालयको वार्षिक मुखपत्र फूलबारी विमोचन गरेका छन् । महाविद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई प्रधानसेनापतिले पुरस्कार वितरण गरेका छन् ।