रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयले लगाए बसमा आगो

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयले लगाए बसमा आगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खाबसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन्। आगोले बस पूर्ण रुपमा क्षति भएको छ। घाइतेको भैरहवामा उपचार भइरहेको छ ।