नेपालद्वारा राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै उच्चस्तरीय बैठक सञ्चालन

नेपालद्वारा राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै उच्चस्तरीय बैठक सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोप सम्मेलनमा भाग लिने क्रममा युएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ुहिमालः जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ? विषयको उच्चस्तरीय गोलमेज बैठकमा आफ्नो सम्बोधनसहित अध्यक्षता गरेका छन्।

नेपालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै इभेन्टको अध्यक्षता गर्दै उच्चस्तरीय बैठक सञ्चालन गरेको यो पहिलो पटक हो।

बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गरेका थिए भने अन्डोराका प्रधानमन्त्री किर्गिज गणतन्त्रका बिदेशमन्त्री जीनबेक कुलुबायाव र भुटानका स्टेट सेक्रेटरीले सम्बोधन गरेका थिए । बैठकमा नेपाल देखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसिसिआई, इसिमोड लगायतका अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध विषय विज्ञद्वारा प्रस्तुतीकरण गरिएको छ ।