मुलुकमा आर्थिक संकट न्यूनीकरण हुँदै गयो : मन्त्री ज्वाला

मुलुकमा आर्थिक संकट न्यूनीकरण हुँदै गयो : मन्त्री ज्वाला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक संकट न्यूनीकरण हुँदै गएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको १४औं वार्षिक साधारण सभामा उनले जनताको आर्थिक अवस्था सुधार गर्न उत्पादन तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए ।

मन्त्री ज्वालाले मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी जनतालाई आर्थिक–सामाजिक अधिकार प्रदान गर्न सकिने भन्दै जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिए । सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न विश्व परिवेशमा प्रयोग भएको समाजवादी व्यवस्थाले आर्थिक, वर्गीय, लैंगिक शोषण अन्त्य गर्न सक्ने उनले बताए ।

मन्त्री ज्वालाले समाजवादमा शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायत विषयलाई सर्वसाधारण नागरिकको पहुँचमा पुर्‍याउने विशेषता हुने भएकाले पत्रकारले पनि समाजवादी तथा ग्रामीण विकासका क्षेत्रलाई महत्त्व दिएर समाचार लेख्नुपर्ने बताए ।

स्थानीय तथा पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सरकारले लगानी वृद्धि गरेकाले पुँजीगत खर्च बढेको उनले बताए ।

मन्त्री ज्वालाले देशमा विप्रेषण संकलन बढेको, ब्याजदर घट्दै गएकाले आर्थिक संकट न्यूनीकरण भई अर्थतन्त्र सामान्य लयमा फर्कन लागेको जानकारी दिए । उनले मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको गृहकार्य तथा तयारी सुरु भएको बताए ।