कांग्रेसले वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्छ : डा. कोइराला

कांग्रेसले वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्छ : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता कोइरालाले एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले भने, ‘एक्लै चुनाव लड्नुपर्छ भनेर स्थानीय चुनावदेखि नै मैले भन्दै आएको हो । अब आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्नुपर्छ, आजैदेखि तयारी सुरु गर्नुस् ।’

एक्लै चुनाव लड्न कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले कांग्रेस एकढिक्का भए कसैको सहारा लिनु नपर्ने बताए । २०८४ सालको चुनाव जित्न पार्टीको महाधिवेशन २०८२ सालभित्र सक्नुपर्ने उनले बताए ।

नेता कोइरालाले कांग्रेस परिवर्तन भए मात्र देश परिवर्तन हुने बताए । गौतम बुद्धको उदाहरण दिँदै उनले कांग्रेस परिवर्तन हुन नेताहरूले त्याग गर्न सक्नुपर्ने र उग्र महत्त्वाकांक्षा र खराब आचरण त्याग्न जरुरी रहेको बताए ।